आन्तरिक राजस्व विभागले निकायको लागि लागु हुने करको दर तय गरेको छ। आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले आय वर्ष २०८०/८१ मा निकायको लागि लागु हुने करको दर सार्वजनिक गरेको हो।
जस अनुसार निकायको लागि करको दर ३० प्रतिशतसम्म कायम गरिएको छ । यस अघि 'वित्तीय कारोबार गर्ने निकाय' भनेर छुट्टै नतोकिएकोमा यस पटक वित्तीय कारोबार गर्ने निकाय भने छुट्टै तोकिएको छ र त्यस्ता निकायलाई ३० प्रतिशत कर लाग्ने उल्लेख छ ।
यस्तो छ निकायको लागि आर्थिक वर्ष २०८०/८१ को लागि तोकिएको कर।