मंगलबार १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 09:54:07 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले १० अर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको छ । राष्ट्र बैंकले असार ५ गते मंगलबार  बोलकबोल मार्फत १० अर्बको विकास ऋणपत्र बिक्रि गर्न लागेको हो ।

राष्ट्र बैंकले मंगलबार १० अर्बको विकास ऋणपत्र २०८६  (ङ) बोलकबोल गरि बुधबार ऋणपत्र निष्काशन गर्न लागेको हो । यस ऋणपत्रको अवधि ६ वर्षको रहेको छ । ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुने छ ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था, तथा नेपाली नागरिकले यस बोलकबोलमा सहभागी हुन पाउनेछन् । राष्ट्र बैंकले २०८६ साल असार ६ गते यस ऋणपत्रको सावाँ र ब्याज भुक्तानी गर्ने छ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने छ भने ब्याज आम्दानीमा कर लाग्ने छ । 

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् । नेपाल सरकारलाई आवश्यक पर्ने आन्तरिक ऋण राष्ट्र बैंकले उठाउने गरेको छ ।  


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved