गुगल र फेसबुक जस्ता विदेशी कम्पनीसँग कर अशुल्न राष्ट्र बैंकमा डलर खाता खोलियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2023 | 11:02:34 AM मा प्रकाशित

laxmi sunrise bank

नेपालमा सेवा दिइरहेका तर, करको दायरामा नआएका विदेशी कम्पनीहरुबाट कर अशुल्न आन्तरिक राजस्व विभागले डलर खाता खोलेको छ । डिजिटल सर्भिस ट्याक्स (डीएसटी) लागू भएपछि ठूला प्रविधि कम्पनी र सामाजिक सञ्जाल प्लेटफर्महरुले नेपालमा कर तिर्नुपर्ने भएको छ । यसका लागि उनीहरुलाई सहज होस् भनेर विभागले राष्ट्र बैंकमा डलर खाता खोलेको हो ।

नेपालमा विद्युतीय सेवा प्रदान गर्ने विदेशी कम्पनीहरुले आन्तरिक राजश्व विभागको नेपाल राष्ट्र बैंकमा खोलिएको डलर खातामा करबापतको रकम जम्मा गर्न सक्नेछन् । विभागले नेपालको कर प्रणालीमा आवद्ध भएका ठूला विदेशी प्रविधि कम्पनीहरु माइक्रोसफ्ट र गुगलले सहजै कर दाखिला गर्न सक्ने गरी प्रक्रियागत सरलीकरणको माग गरेपछि राष्ट्र बैंकमा यस सम्बन्धि छुट्टै खाता खोलिएको जनाएको छ । 

सरकारले डीएसटी कार्यान्वयनमा ल्याएपछि ठूला करदाता कार्यालयबाट माइक्रोसफ्ट र गुगलले नेपाली स्थायी लेखा नम्बर (प्यान) लिइसकेका छन् । 

अब विदेशी कम्पनीले डीएसटी तथा मूल्य अभिवृद्धि कर (भ्याट) बापतको शुल्क विभागको राष्ट्र बैंकमा रहेको डलर खातामा जम्मा गर्न सक्ने छन् । यस्ता कम्पनीहरुले नेपालमा बुझाउनुपर्ने कर रकम अमेरिकी डलरमा दाखिला गर्नुपर्नेछ । 

फेसबुक, ट्वीटर, युट्युबसहित माइक्रोसफ्ट, गुगल लगायत थुप्रै प्रविधि कम्पनीहरुको सेवा नेपालमा सञ्चालन भइरहेको छ । तर, अहिलेसम्म उनीहरुले गर्ने कारोबारबापत नेपालमा कर तिरेका छैनन् । अब यस्ता कम्पनी तथा प्लेटफर्मलाई करको दायरामा ल्याउन सरकारले नीतिगत व्यवस्था गरेको हो ।

विश्वकै ठूलो प्रविधि कम्पनी गुगल एलएलसी नेपालको कर प्रणालीमा दर्ता भएकोमध्ये अहिले सम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो । 

आर्थिक ऐन, २०७९ ले वार्षिक २० लाख रुपियाँभन्दा बढीको कारोबार गर्ने गैर-बासिन्दा व्यक्ति डिजिटल सर्भिस ट्याक्सअन्तर्गत दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । यसरी दर्ता भएका गैरबासिन्दा व्यक्तिले वर्षअनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिल गर्नुपर्नेछ । 

तोकिएको समयभित्र कर दाखिल नगरेमा प्रतिवर्ष वार्षिक कारोबार रकमको ०.१ प्रतिशतका दरले हुने रकम जरिवाना लाग्नेछ । वार्षिक १५ प्रतिशतका दरले ब्याज पनि लाग्नेछ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved