२ हजार फाइल खोल्दै आन्तरिक राजस्व विभाग, १० अर्ब कर छलेको आशंका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 01:37:03 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

विभिन्न कम्पनीहरुले नक्कली बिल बिजक पेश गरि कर छली गरेको आशंकामा आन्तरिक राजस्व विभागले अनुसन्धान सुरु गरेको छ । नक्कली बिल जारी गरी कर छली भएको आशंकामा विभागले करिब २ हजार कम्पनीका फाइलहरुको अनुसन्धान सुरु गरेको हो ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले कर छली भएको आशंकामा विभिन्न कम्पनीको फाइल रि ओपन गरेर अनुसन्धान भईरहेको बिजपाटीलाई जानकारी दिए । उनका अनुसार  नक्कली बिलमार्फत ठुलो रकमको राजस्व गुमेको भन्ने प्रारम्भिक अनुमानका आधारमा अनुसन्धान सुरु भएको हो ।  नक्कली बिलमार्फत विभिन्न कम्पनीले कारोबार गर्दा करिब १० अर्ब राजस्व गुमेको अनुमान गरिएको महानिर्देशक मैनालीले बताए । 

यो अनुसन्धान मात्र भएको र यसलाई रि अडिट भन्न नमिल्ने विभागले जनाएको छ । ‘अहिलेको अनुसन्धान नक्कली बिलका सम्बन्धमा हो, यसलाई रि–अडिट भन्न मिल्दैन, विशुद्ध अनुसन्धान हो’ विभाग स्रोतले भन्यो, ‘अनुसन्धान गर्दा अडिट भएका र नभएका सबै खालका कम्पनी परेका छन्, नक्कली बिलमार्फत कारोबार गर्दा राज्यले पाउनुपर्ने १० अर्ब हाराहारी राजस्व गुमेको भन्ने अनुमान छ, अब अनुसन्धान सकिएपछि यकिन रकम थाहा हुन्छ ।’

विभागले अनुसन्धान सम्पन्न भएपछि १० अर्ब कर असुल गर्ने प्रक्रिया सुरु गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved