
आज अर्थ सचिवको रुपमा डा. कृष्णहरि पुष्करले कार्यभार सम्हालेसँगै अर्थमन्त्रालयमा पहिलो पटक ५ डाक्टरको टिम बनेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आफ्नो टिममा पीएचडी उपाधी हाँसिल गरेकाहरुलाई राखेर अर्थतन्त्रको उपचारको लागि थप सक्रिय बनेका हुन्।
अब अर्थ मन्त्रालयमा मन्त्री, दुवै सचिव , र सल्लाहकार सबै पीएचडी उपाधि हाँसिल गरेकाहरु आएका छन् । यस्तो पहिलो पटक जुरेको बताईन्छ ।
यस अगाडी कहिले मन्त्री वा कहिले सचिव पीएचडी गरेका हुने गरेकोमा अहिले मन्त्री, अर्थ सचिव, राजश्व सचिव, र २ जना सल्लाहकार गरि ५ जना नै पीएचडी हाँसिल गरेकाहरु मन्त्रालयमा जुटेका छन् । हाल अर्थमन्त्रीमा डा. प्रकाश शरण महत, अर्थ सचिवमा डा. कृष्णहरि पुष्कर, र राजस्व सचिवमा डा. राम प्रसाद घिमिरे रहेका छन् । त्यस्तै अर्थमन्त्रीका सल्लाहकारमा डा. विश्व पौडेल र डा. पोषराज पाण्डे रहेका छन् ।
अर्थतन्त्रको उपाचा को लागि ५ डाक्टरको यो टिम सफल हुने अपेक्षा धेरैले गरेका छन् । ५ जनाको यो टिम बलियो भए पनि सचिव प्रशासन पृष्टभूमिका हुँदा अर्थको गाडी अन्तै मोडिने आशंका पनि उत्तिकै रहेको छ ।