नेपालको ऋण २३५७ अर्ब पुग्यो, ४ महिना नै थपियो १ खर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2023 | 04:26:26 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो चार महिनामा एक खर्ब बढी सार्वजनिक ऋण थपिएको छ । चालु आवको पहिलो चार महिना (साउन देखि कार्तिकसम्म) मा एक खर्ब १३ अर्ब १६ करोड रुपैयाँ ऋण थपिएको सार्वजनिक ऋण व्यवस्स्थापन कार्यालयले जनाएको छ । 

यो अवधिमा ९७ अर्ब ३१ करोड आन्तरिक र १५ अर्ब ८५ करोड रुपैयाँ वाह्य ऋण थपिएको कर्यालयको तथ्यांकमा उल्लेख छ । तथ्यांक  अनुसार साउनमा १५ अर्ब ७७ करोड, भदौमा ३६ अर्ब ६२ करोड र असोजमा ५९ अर्ब ८५ करोड र कार्तिकमा ९० करोड ९५ लाख रुपैयाँ ऋण थपिएको हो ।  कार्तिक महिनामा सरकारले आन्तरिक ऋण लिएको छैन । ९० करोड ९५ लाख वाह्य ऋण लिएको हो ।

यसरी थपिएको सहित हाल नेपालले तिर्नुपर्ने ऋण २३ खर्ब ५७ अर्ब ६ करोड ८७ लाख रुपैयाँ पुगेको छ । जनगणना २०७८ अनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । सरसर्ती हेर्दा हाल एक व्यक्ति बराबर ८० हजार ८१९ रुपैयाँ ऋण हुन जान्छ । 

यस्तै पछिल्लो ४ महिनामा सरकारले ५५ अर्ब ४४ करोड ६८ लाख रुपैयाँ ऋण तिरेको पनि छ । जसमा आन्तरिक ४२ अर्ब ८४ करोड १७ लाख र वाह्य १२ अर्ब ६० करोड ५१ लाख रुपैयाँ ऋण सरकारले भुक्तानी गरेको तथ्यांक छ । 

गत आवको अन्त्य अर्थात असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो । जसमध्ये ११ खर्ब २९ अर्ब १० करोड ३८ लाख आन्तरिक र ११ खर्ब ७० अर्ब २४ करोड ८७ लाख वाह्य ऋण थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved