‘अर्थतन्त्रमा सीमानामा छ, नीति निर्माता काठमाडौँमा छन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 04:03:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले अर्थतन्त्रको ठूलो हिस्सा सीमा क्षेत्रमा भएपनि नीति निर्माताहरु काठमाडौँमा केन्द्रित रहेको गुनासो गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको नाफिज संवादमा बोल्दै अध्यक्ष टेमानीले कुल भन्सार राजस्वमध्ये ५० प्रतिशत भन्सार राजस्व वीरगन्ज भन्सारबाट संकलन हुने भएपनि सीमा क्षेत्र सधैँ उपेक्षामा परिरहेको गुनासो गरेका हुन् ।

‘इकोनोमी बोर्डरमा छ, पोलिसी मेकरहरु काठमाडौँमा छन्’ उनले भने, ‘एक घण्टा, दुइ घण्टा त्यहाँ बसेर फर्केर आएर पोलिसी बनाइन्छ ।’

उनले पूर्वदेखि पश्चिम सम्मको नेपाल र भारतको सीमा क्षेत्रमा १ करोड ५० लाख नेपालीहरुको बसोबास भएपनि नजिकका देशको अभ्यास नहेरी नीति निर्माताहरु युरोप र अमेरिका जस्ता विकसित देशको अभ्यास हेर्न पुग्ने गरेको दुःखेसो पनि गरे ।

‘सीमा क्षेत्रमा नेपालका डेढ करोड जनसंख्या बसोबास गर्छन्, तर सरकारले त्यहाँको वस्तुस्थिति नबुझिँदा अनौपचारिक अर्थतन्त्र मौलाएको छ’ अध्यक्ष टेमानीले भने, ‘यसको दीर्घकालिन सुधार आवश्यक छ ।’

उनले नेपालको वैदेशिक ब्यापारको कुल हिस्सामध्ये ७० प्रतिशत ब्यापार भारतसँग हुने भएपनि यसलाई व्यवस्थि तगर्न सरकारले नै पहल नगरेको आरोप समेत लगाए । अध्यक्ष टेमानीका अनुसार दुइ देशबीच हुने व्यवसायलाई व्यस्थित नगरेर सरकारले नै दुइ नम्बरीलाई प्रोत्साहन गरिरहेको आभाष व्यवसायीहरुले गर्न थालेका छन् ।

‘हामी ट्रान्सपरेन्ट हुन तयार छौँ, तर सरकारले नै दुइ नम्बरीलाई प्रोत्साहन गरिरहेको आभाष हुन थालेको छ’ उनले थपे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved