किस्ताबन्दीमा राजस्व भुक्तानी गर्ने व्यवस्थाबारे छलफल गर्दै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 10:13:04 AM मा प्रकाशित

laxmi  sunrise bank

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजस्व भुक्तानी किस्तामा तिर्ने व्यवस्था मिलाउने सम्भाव्यताबारे छलफल अघि बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४ औं वार्षिक साधारण सभामा बोल्दै राजस्व भुक्तानीलाई सहज बनाउने विषयमा सरकारी तहमा छलफल भइरहेको मन्त्री ज्वालाले बताएका हुन् ।

‘ट्याक्स पनि किस्ताबन्दीमा तिर्न सकिन्छ कि भनेर सरकारले छलफल गरेको छ,’ उनले भने, ‘अहिले अर्थतन्त्र संकटमा छ । यसमा थप बहस गरिरहनु पर्दैन ।’ 

त्यस्तै मन्त्री ज्वालाले ब्याजदर घटाउने सम्बन्धमा व्यवसायीका सुझाव सुनेर प्रधानमन्त्रीले नै राष्ट्र बैंकलाई केही नीतिगत उपाय पहिल्याउन भनिसकेको पनि जानकारी दिए ।

‘राष्ट्र बैंकलाई प्रधानमन्त्रीले ब्याजदर घटाउन सकिने उपाय खोजेर व्यवसायीलाई सहज हुने गरी नीतिगत काम गर्न अग्रह गरिसक्नु भएको छ,’ मन्त्री ज्वालाले थपे, ‘यसबाट भावी दिनमा सकरात्मक सन्देश आउन सक्ने अपेक्षा गर्न सकिन्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved