अर्थमन्त्री नै नभ्याउने भएपछि लगानी सम्मेलन सार्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2023 | 09:19:49 AM मा प्रकाशित

अर्थमन्त्रीले नै नभ्याउने भएपछि लगानी सम्मेलन सार्ने तयारी गरिएको छ । २३ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ९ र १० मा लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो । 

तर सो मितिमा अर्थमन्त्री डा. प्रकाशशरण महत विदेशमा हुने भएकोले मिति सार्ने तयारी गरिएको हो  संयुक्त राज्य अमेरिकाको राजधानी वासिङटन डिसीमा हुन गइरहेको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठक सोही समयमा पर्ने भएकोले मिति सार्नु पर्ने भएको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् । सो बैठक  ७ वैशाखदेखि ९ गतेसम्मलाई निर्धारण गरिएको छ । 

अर्थ मन्त्रालयका अनुसार अब अर्थमन्त्री सो बैठकमा भाग लिएर नेपाल फर्किएपछि मात्र लगानी सम्मेलन गर्ने तयारी गरिएको छ। अर्थ मन्त्रालयले वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने नयाँ मिति मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ । अब मन्त्रिपरिषदको बैठकले वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने नयाँ मिति तोक्ने बताईएको छ । न्तर्राष्ट्रिय विकास साझेदारहरुले पनि सम्मेलन सार्न गरिएको आग्रह अनुसार नै नयाँ मिति प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालले तेस्रो पटक लगानी सम्मेलन गर्ने तयारी गरेको हो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved