चालु आर्थिक वर्षको पहिलो ५ महिनमा ३७ करोड बढीको स्याम्पु आयात भएको छ । साउन देखि मसिंरको अन्त्यसम्ममा ३७ करोड ३५ लाख रुपैयाँ बराबरको ७ लाख ७० हजार १०० केजी स्याम्पु आयात भएको भन्सार विभागले जनाएको छ ।
यो अवधिमा ३६ वटा देशबाट नेपालमा स्याम्पु भित्रिएको छ । जसमध्ये सबैभन्दा धेरै भारत, चाइना, थाइल्यान्ड, मङगलादेश, अमेरिका, दक्षिण कोरिया, यूएई, भियतनाम, ईटली, जर्मनी, कतार, मलेसिया, ब्राजिल लगायत देशबाट स्याम्पु आयात हुन्छ । भारतबाट यो ५ महिनमा २५ करोड ६२ लाख ४० हजार रुपैयाँको ४ लाख ५३ हजार ९१२ लिटर स्याम्पु आयात भएको छ । त्यसैगरी चाइनाबाट ५ करोड ४९ लाख १३ हजार रुपैयाँको १ लाख ८३ हजार ७०५ लिटर तथा थाइल्यान्डबाट २ करोड ५४ लाख ८५ हजार रुपैयाँको ५२ हजार ५२२ लिटर स्याम्पु आयात भएको छ ।
यसैगरी, बङगलादेशबाट १ करोड १३ लाख ८७ हजार रुपैयाँको ३१ हजार २१० लिटर, अमेरिकाबाट ५७ लाख ७५ हजारको १० हजार ८४१ लिटर, कोरियाबाट ४८ लाख ३५ हजारको ९ हजार २१२ लिटर, यूएईबाट ४७ लाख ४५ हजारको १३ हजार ८०३ लिटर, भियतनामबाट ५० लाख ७२ हजारको २ हजार ७२८ लिटर, ईटलीबाट २० लाख ८४ हजारको ३ हजार ९१५ लिटर र जर्मनिबाट ९ लाख ९० हजार रुपैयाँको ६७४ लिटर स्याम्पु आयात भएको छ ।
यसका साथै, कतार, मलेसिया, ब्राजिल, टर्की, कुवेत, बेलिज, जापान, बेलायत, अष्ट्रेलिया, फ्रान्स, ताइवान, साउदि अरब, ओमन, ईजरेइल, साईप्रस, हङकङ, बहराईन, डेनमार्क, बेल्जियम, श्रीलङ्का, स्पेन, जोर्डन, ईन्डोनेसिया, पोल्यान्ड र लेबननबाट स्याम्पु नेपाल भित्रिन्छ । उक्त मात्रामा स्याम्पु आयातबाट २१ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
कपालमा लगाउने तेल
यो अवधिमा कपालमा लगाउने तेल २६ करोड ३८ लाख ४२ हजार रुपैयाँको ४ लाख ५४ हजार २९ लिटर आयात भएको छ । जसबाट १२ करोड ८७ लाख ११ हजार रुपैयाँ राजस्व थपिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यो ५ महिनमा १८ वटा देशबाट कपालमा लगाउने तेल आयात भएको छ । जसमध्ये भारतबाट कपालमा लगाउने तेल २५ करोड २१ लाख ८९ हजार रुपैयाँको ४ लाख ३९ हजार १६१ लिटर आयात हुँदा चाइनाबाट ५४ लाख ५३ हजार रुपैयाँको ५ हजार २१४ लिटर आयात भएको हो ।
यसैगरी, ईन्डोनेसियाबाट ३७ लाख १३ हजार रुपैयाँको ७ हजार ८८४ लिटर, स्पेनबाट १५ लाख ४७ हजारको १ हजार ५१० लिटर, अमेरिकाबाट २ लाख ८७ हजारको ४९ लिटर, ईटलीबाट २ लाख १७ हजारको २२ लिटर र टर्कीबाट १ लाख ९२ हजार रुपैयाँको १८ लिटर तेल आयात भएको छ ।
यसका साथै, अष्ट्रेलिया,थाईल्यान्ड, जापान, बेलायत, यूएई, श्रीलङ्का, क्यानाडा, उज्बेकिस्तान, जर्मनी, दक्षिण कोरिया र हङकङबाट पनि कपालमा लगाउने तेल आयात भएको छ ।