पुसभित्रै आयकरको किस्ता बुझाउन राजस्व विभागको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 09:16:43 AM मा प्रकाशित

आन्तरिक राजस्व विभागले आय वर्ष २०८०/०८१ को आयकरको प्रथम किस्ता वापतको कर तथा विवरण दाखिला गर्ने आग्रह गरेको छ । विभागले २०८० पौष महिना भित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय / करदाता सेवा कार्यालयमा कर तथा विवरण दाखिला गर्न आग्रह गरेको छ।

आयकर ऐन, २०५८ (सं.स.) को दफा ४ को उपदफा (१) बमोजिम आय वर्ष २०८० / ०८१ को आयकरको किस्ता दाखिला गर्नु पर्ने करदाताहरुले दफा ५ बमोजिम आय वर्ष २०८० / ०८१ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको प्रथम किस्ता वापतको ४० प्रतिशत रकम  २०८० पौष महिना भित्रै  बुझाउन विभागले आग्रह गरेको हो । 

हेर्नुस् सूचना: 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved