अनौपचारिक अर्थतन्त्रको आकार ४२ प्रतिशत रहेको अध्ययनको निष्कर्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 05:37:19 PM मा प्रकाशित

laxmi sunrise bank

नेपालको अर्थतन्त्रको आकार ४२ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले गरेको एक अध्ययन अनुसार नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४२ प्रतिशत रहेको देखिएको हो ।

त्रिविले राष्ट्रिय लेखा र मुद्रा माग दृष्टिकोण प्रयोग गरेर गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । अध्यययनअनुसार नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४१.३१ प्रतिशत छ ।

अनौपचारिक अर्थतन्त्रको आकार ठूलो भएको अध्ययनको निष्कर्ष छ । अध्ययन प्रतिवेदनले अनौपचारिक अर्थतन्त्रलाई मान्यता दिएर प्रणालीमा ल्याउन पनि सुझाव दिएको छ ।

निजी क्षेत्रले पनि ४० प्रतिशतमाथि अनौपचारिक अर्थतन्त्र रहेको बताउँदै आएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved