१ हजार युवाका लागि सहुलियत दरको स्टार्टअप कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2024 | 04:11:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्ष २०८१/ ०८२ मा १ हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले  मंगलबार संघीय सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले अगामी आवमा नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने र तीनै तहका सरकार र निजी क्षेत्र समेतको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीति कार्यान्वयन गरिने नीति समेत सरकारले लिएको बताए ।

उनले स्टार्टअप व्यवसायको विकास र प्रवर्द्धन गर्न प्राज्ञिक क्षेत्रसँग सहकार्य गरिने उल्लेख गर्दै निजी क्षेत्रको सहकार्यमा सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापना गरी स्टार्टअप विकास र प्रवर्द्धन गरिने बताए । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved