सरकारले निर्माण व्यवासायीको १ खर्बभन्दा बढी रकम तत्काल भुक्तानी गरोस : अध्यक्ष सिंह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2024 | 03:36:29 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले १ खर्ब रुपैयाँभन्दा बढि रकम सरकारले तत्काल भुक्तानी गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा बुधबार आयोजित आगामी आर्थिक वर्ष २०८१/ ०८२ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

निर्माण व्यवसायीको यति ठूलो रकम भुक्तानी गर्न माग गर्दै उनले अझै ढिलाइ भएमा निर्माण क्षेत्रको भविष्य अन्धकार हुने बताए ।

म्याद थप भएका योजनाहरु सम्पन्न गर्न चुनौती रहेको भन्दै उनले २ हजारभन्दा बढि आयोजानाको म्याद थप गर्न आवश्यक रहेको बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved