नीति तथा कार्यक्रममा उल्लेखित विषयहरु आगामी बजेटमा समेटिन्छ : अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2024 | 04:42:19 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री वर्षमान पुनले सरकारले सार्बजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयहरु आगामी बजेटमा समेटिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासद्वारा आगामी बजेटबारे बुधवार आयोजित कार्यक्रममा बोल्दै नीति र कार्यक्रमलाई बजेटबाट समेट्ने बताएका हुन् । 

उनले देशको पछिल्लो परिस्थिति अनुसार बजेट आउने बताए ।सरकारले बजेट बनाउनु अघि देशभरका विभिन्न क्षेत्रमा आगामी बजेटबारे छलफल गरिरहेको उनले बताए । 

‘एकथरिले निकासीलाई प्रोत्साहन गर्न  हुँदैन भनेका छन्,  अर्काथरिले निकासी प्रोत्साहन गर्नुपर्छ भनेका छन्,’ अर्थमन्त्रीले भने, ‘यसमा एकमत भएन ।’ 

साथै उनले राज्यले शुरु गरेको आयोजनालाई निरन्तरता दिने र सृजना भएको दायित्व(भुक्तानी) बाट पछि नहट्ने पनि बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved