मुलुकको व्यापार घाटा ११ खर्ब ७७ अर्बभन्दा बढी, १ खर्ब २६ अर्बको निर्यात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2024 | 05:42:00 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्ष २०८०/ ०८१ को वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको थियो ।     

विभागका अनुसार चालू आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको १० महिनाको तुलनामा आयात २.३९ र निर्यात ३.६१ प्रतिशतले घटेको छ ।     

समीक्षा अवधिमा भारतसँग नेपालले ७ खर्ब २९ अर्ब ७० करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतबाट ८ खर्ब १५ अर्ब ७२ करोडको आयात र  ८६ अर्बको निर्यात भएको छ ।

नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा २ खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । १० महिनामा चीनसँग २ खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा  २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ ।     

वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट ८ अर्ब ७९ करोड, अलैंची ६ अर्ब ९१ करोड, फलामजन्य वस्तु ५ अर्ब ५२ करोड र पाम आयल ५अर्ब ६० करोड बराबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved