चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै साँढे ११ अर्ब बढी रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यलयका अनुसार वैशाख महिनामा मात्रै ११ अर्ब ६४ करोड रुपैयाँ ऋण थपिएको हो ।
यससँगै वैशाख मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यो आकँडा कुल ग्राहस्थ उत्पादनको ४२.०२ प्रतिशत हो ।
तिर्न बाँकी ऋणमध्ये ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ वाह्य ऋण हो ।