
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/ ०८१ को तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।
तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ ।अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत थियो । बैशाखसम्ममा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३० प्रतिशत, तराईमा ४.३२, पहाडमा ४.७० र हिमालको ४.२२ प्रतिशत छ ।
यस्तै आयात २.४ प्रतिशत, निर्यात ३.६ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले घटेको छ ।१० महिनामा रेमिट्यान्स १९.२ प्रतिशतले बृद्धि भएर ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । चैतसमम्म १० खर्ब ८२ अर्ब ६२ करोड रहेको रेमिट्यान्स वैशाखमा १ खर्ब १६ अर्बले बढेको हो ।
समीक्षा अवधिमा मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) करिब ४ खर्ब बचतमा छ ।चैत मसान्तमा ३ खर्ब ६५ अर्बले बचतमा रहेको शोधनान्तर स्थिति वैशाखमा ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा पुगेको छ ।
यसैगरी, मुलुकको विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले बढेको छ ।२०८० असार मसान्तको तुलनामा २६.२ प्रतिशतले विदेशी विनिमयको सञ्चिति बढेको हो ।२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति थियो ।
पढ्नुहोस विस्तृतमा पूर्णपाठ :