कमजोर बन्यो रुपैयाँ, डलरको मूल्य हालसम्मकै उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2024 | 09:22:27 AM मा प्रकाशित

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर नेपाली मुद्रामा परेको छ । जसले गर्दा नेपाली मुद्रा कमजोर बन्दै गएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अनेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३३.५५ रुपैयाँ र बिक्रीमूल्य १३४.१५ रुपैयाँ कायम छ। डलरले यसअघिका रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो ।अघिल्लो दिनको तुलनामा डलरको मूल्य ३१ पैसा वृद्धि भएको हो ।

यसअघि गत जेठ ३० गते अमेरिकी डलरको खरिददर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.१ रुपैयाँ थियो।

अमेरिकी डलरसँग नेपाली रूपैयाँको विनिमय दर भारतीय रूपया र डलरको विनिमय दरको आधारमा तय गरिँदै आएको छ । जसले गर्दा भारतीय रूपैया कमजोर बन्दा नेपाली रूपैयाँ कमजोर हुने गरेको छ ।

यसैगरी, यो दिन एक यूरोको खरिदमूल्य १४३.२८ रुपैयाँ र बिक्रीमूल्य १४३.९२ रुपैयाँ छ ।त्यस्तै एक पाउण्ड स्ट्रलीङको खरिदमूल्य १६९.४७ रुपैयाँ र बिक्रीमूल्य १७०.२४ रुपैयाँ छ ।  

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिदमूल्य ८९.१२ रुपैयाँ र बिक्रीमूल्य ८९.५२ रुपैयाँ छ ।  उता साउदी रियाल एकको खरिदमूल्य ३५.६० रुपैयाँ छ भने बिक्रीमूल्य ३५.७६ रुपैयाँ छ । मलेसियन रिंगिट एकको खरिदमूल्य २८.३५ रुपैयाँ छ भने बिक्रीमूल्य २८.४८ रुपैयाँ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved