निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्छ : अर्थमन्त्री पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2024 | 05:32:47 PM मा प्रकाशित

laxmi sunrise bank

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपालमा उत्पादित वस्तुहरुको निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने बताएका छन् । 

बुधबार निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्यात प्रवर्द्धन गर्न सरकारले नीतिगत र व्यवहारिक रुपमा देखा परेका समस्याहरुलाई हटाउँदै जाने बताएका हुन् । समस्याहरुलाई प्राथमिकीकरण गर्न आग्रह गर्दै त्यसकै आधारमा समाधानका उपाय खोज्ने पनि उनले बताए ।

महासंघले निर्यात वृद्धिका लागि नेपालमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको निर्माणको गुरुयोजनाका लागि बजेटको व्यवस्था गर्न, नेपालमा अन्तरराष्ट्रिय निर्यात एक्स्पो आयोजना गर्न, निर्यात प्रवर्द्धन तथा वस्तु विकासका लागि अधिकार सम्पन्न बोर्डको स्थापना गर्न माग गरेको छ । 

त्यसैगरी, महासंघले सो अवसरमा अर्थमन्त्रीलाई उत्पादन लागत कम गर्न निर्यातजन्य उद्योगहरुलाई लगानी गर्दा बैंक ब्याजदरमा ५ प्रतिशतको अनुदानका साथै बैंकहरुको कुल ऋण प्रवाहको ५ प्रतिशत निर्यातजन्य उद्योगहरुमा अनिवार्य लगाउनीको व्यवस्था गर्न सुझाव दिएको छ ।

साथै  उसले निर्यात आयात बैंक स्थापना गरी निर्यात उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातको व्यवस्था गर्नुपर्ने लगायत १७ वटा सुझाव दिएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved