शोधनान्तर स्थिति ५ खर्ब २५ अर्बले बचतमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2024 | 02:36:18 PM मा प्रकाशित

laxmi sunrise bank

गत आर्थिक वर्ष २०८०/ ०८१ मा शोधनान्तर बचत ५ खर्ब रुपैयाँ नाघेको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार मुलुकको आर्थिक स्थितीमा चालू खाता २ खर्ब २१ अर्ब ३४ कोड रुपैयाँले बचतमा रहेको छ ।शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा छ । 

अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालू खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा छ ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आएर ५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्ष पूँजीगत ट्रान्सफर ७ अर्ब ५४ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब १७ करोड रुपैयाँ थियो ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved