स्टार्टअप बिजनेसलाई अघि बढाउन सरकार तयार छ : अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2024 | 02:52:10 PM मा प्रकाशित

laxmi sunrise bank

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताएका छन् । काठमाडौंमा आयोजित स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै सृजनशिल युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गरे । उनले युवाहरुलाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्न पनि सबैसँग आग्रह गरे ।

अर्थमन्त्री पौडेलले विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका निम्ति अग्रसर हुन पनि आग्रह गरेका छन् । उनले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्याहरु एक÷एक गरेर केलाउँदै, समाधान गर्दै, उत्पादन वृद्धि, रोजगारी सृजना र समग्र मागको बिस्तार, व्यापार घाटाको अन्त्य लगायतका गतिविधिद्वारा अर्थतन्त्रलाई सबल बनाउने बताए । साथै उनले अर्थतन्त्रका केही सूचकहरु सकारात्मक बन्दै गएको पनि बताए ।

उनले भने, ‘सबै सृजनशिल युवा युवतीहरुलाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन र देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रह गर्न चाहन्छु ।’

अर्थमन्त्री पौडेलले स्टार्टअप उद्यममा शुरुमा सफलता भन्दा असफलता बढी हुने बताए । उनले स्टार्टअपका लागि आवश्यक कानूनी, संरचनागत प्रवन्ध समन्वयात्मक रुपमा अघि बढाए सफल बनाउने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved