उद्योगमन्त्री भण्डारीको मन्त्रालयको सुधार गर्ने कार्ययोजना, योजनामा के छन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2024 | 02:36:21 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक गरेका छन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा विद्यमान समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै सेवा प्रवाहलाई सरलीकरण गर्ने, स्वचालित प्रणाली अवलम्बन गर्ने, औद्योगिक सम्बन्ध सुमधुर बनाउने, व्यावसायिक लागत घटाउने, उत्पादन वृद्धि गर्ने, निर्यात प्रवर्द्धन गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने, औद्योगिक तथा व्यापारिक पूर्वाधारको निर्माण तथा उचित व्यवस्थापन गर्ने, उपभोक्ता हित संरक्षण र आपूर्ति व्यवस्था दुरुस्त बनाइ बजारलाई प्रतिस्पर्धी बनाउने कार्य योजनावद्ध ढङ्गले अघि बढाउन योजना बनाइएको मन्त्री भण्डारीले बताएका छन् ।  

मन्त्री भण्डारीले उद्योग क्षेत्रअन्तर्गत लघु, घरेलु तथा साना उद्योग नीति, २०८१, दमक औद्योगिक क्षेत्रलाई सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम निर्माण एवं सञ्चालन गर्न ‘लिज’ प्रक्रिया सम्पन्न गर्ने, पाँचखाल र सिमरा (ब्लक बी र सी)  विस्तार विशेष आर्थिक क्षेत्रलाई सार्वजनिक निजी साझेदारीबाट सञ्चालन गर्न भाडामा दिने गरी प्रस्ताव अघि बढाउने बताएका छन् ।  र सो काम तीन महिना भित्र सम्पन्न गर्ने उनको दावी छ ।   

उपभोक्ता अदालत गठन गर्ने, पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याउने, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजना सम्पन्न गरी पेट्रोल र मट्टीतेलसमेत आयात प्रारम्भ गर्ने, अमलेखगञ्जमा १३ हजार २०० किलोलिटर क्षमताको पेट्रोल र ५ हजार किलोलिटर क्षमताको डिजेल भण्डारण ट्याङ्क थप गर्ने र एलपी ग्याँसको घरायसी तथा व्यावसायिक प्रयोग सम्बन्धी मापदण्ड तर्जुमा गरी कार्यान्वयनमा ल्याउने पनि मन्त्री भण्डारीको कार्ययोजनामा उल्लेख छ । 

मन्त्री भण्डारीले उपभोक्ता हित संरक्षण हुने र आपूर्ति श्रृंखला व्यवस्थित भई समग्र उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको सुदृढीकरण हुने अपेक्षा आफूले गरेको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved