ठूला करदाताको बक्यौता असुलीमा ध्यान दिन अर्थमन्त्रीको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2024 | 05:06:04 PM मा प्रकाशित

laxmi sunrise bank

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला कर कार्यालयहरूको बक्यौता र बेरुजु बढेको भन्दै राजस्व असुलीमा ध्यान दिन निर्देशन दिएका छन् । शुक्रबार आन्तरिक राजस्व विभागको निरीक्षण गर्दै अर्थमन्त्री पौडेलले बक्यौता असुली तथा बेरुजु फर्स्यौटका लागि विशेष अभियान सञ्चालन गर्न पनि र्देशन दिएका हुन् । 

करको दायरा विस्तार तथा करदातामैत्री वातावरण सृजना गर्नुपर्ने भन्दै उनले करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वैच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न पनि निर्देशन पनि दिए । 

विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने पनि उनले बताए । उनले भने, ‘आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने कुरामा ख्याल गर्नुहोला ।’ 

अर्थसचिव डा रामप्रसाद घिमिरेले आ आफ्ना जिम्मेवारी र दायित्व बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिए । त्यसैगरी, राजस्व सचिव दिनेशकुमार घिमिरेले राजस्व परिचालनको लक्ष्यलाई ध्यान दिएर अघि बढ्न कर्मचारीलाई आग्रह गरे ।

आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले चालू आर्थिक वर्षमा लिइएको राजस्वको संकलनको लक्ष्यलाई पूरा गर्ने किसिमले कार्यहरु भइरहेको बताए ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved