नेपालको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा : एडीबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2024 | 12:57:25 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियाली विकास बैंक (एडीबी) ले नेपालको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको उल्लेख गरेको छ । बुधबार एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबी ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

यसअघि उसले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको  थियो । यस बीचमा कृषि उत्पादन, पर्यटक आगमनमा सुधार र विद्युत उत्पादनमा भएको वृद्धिसहितका कारणले जीडीपीमा सकारात्मक वृद्धि हुने अनुमान उसको छ ।

एडीबीले सन् २०२५ मा अर्थतन्त्रमा अझै सुधार हुने अनुमान गरेको छ । सो वर्ष ४.९ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान उसको छ । अप्रिलको प्रक्षेपणमा भने ४.८ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान थियो । 

सन् २०२४ मा नेपालले मुद्रास्फीतितर्फ ५.४ प्रतिशतको सीमा भित्र राख्न सक्ने देखिएको छ । सन् २०२३ मा मुद्रास्फीति दर ७.७ प्रतिशत थियो । सन् २०२५ मा केही बढेर ५.५ प्रतिशत मुद्रास्फीति हुने अनुमान उसको छ ।

यसैगरी, उसले दक्षिण एशियाली भेगमा भने सन् २०२४ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । सन् २०२५ मा  भने सो क्षेत्रमा ६.५ प्रतिशतको वृद्धिदर हुने अनुमान छ । सो क्षेत्रमा पनि सबैभन्दा धेरै भारतको आर्थिक वृद्धिदर हुने अनुमान छ । 

भारतले ७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने अनुमान छ । बंगलादेश, भुटान र माल्दिभ्सले यस वर्ष समान ५ प्रतिशत माथिको वृद्धिदर प्राप्त गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved