भएन बहुप्रतिक्षित बीआरआईमा हस्ताक्षर, अनुदान कि ऋण भन्नेमा अन्यौल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2024 | 10:03:38 AM मा प्रकाशित

laxmi sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बहुप्रतिक्षित 'बेल्ट एण्ड रोड इनिसीएटिभ' 'बीआरआई' मा हस्ताक्षर हुन नसकेको पाइएको छ। नेपालले बनाएको 'फेर्मवर्क' मा चीन सहमत नभएपछि समझदारीमा हस्ताक्षर हुन नसकेको हो। 

चीनले बीआरआई परियोजना 'सहयोग' हुने भनेपछि नेपाली पक्षबीच सहयोग भनेको 'अनुदान' हो कि 'ऋण' भन्नेमा प्रष्ट नभएपछि नेपाली पक्षबाट नै बिआरआईमा सहमति जुट्न नसकेको बताइएको छ। 

यद्दपि सम्बन्धित दस्तावेजमा हस्ताक्षरको अन्तिम कसर जारी रहेकाले बीआरआई मा समझदारी हुने झिनो आशा राखिएको छ। बीआरआई सम्बन्धि एजेन्डामा नेपालले अनुदान सम्बन्धि सहकार्यको प्रस्ताव पठाएको थियो तर चीनले सहयोग हुने प्रस्ताव तयार गरेको हो ।  

यद्दपि चार दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री लि छ्यांगबीच नेपालको ९ वटा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ। चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ बराबरको चिनियाँ युवान अनुदान सहयोग गर्ने भएको छ।  

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved