तीन महिना पछि सर्यो कोशी प्रदेशको लगानी सम्मेलन,अब कहिले हुन्छ ?

रासस

रासस

Jan 09, 2025 | 12:50:06 PM मा प्रकाशित

laxmi sunrise bank

कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन वैशाख १८ र १९ गते हुने भएको छ । पूर्वनिर्धारित समयअनुसार माघ ११-१३ का लागि सम्मेलन निश्चित भएको थियो । तर आवश्यक तयारी पूरा नभएको कारण सम्मेलन सार्नु परेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जनाए ।

उनका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । परियोजनाहरूको सोकेससङ, कानुनको संशोधन र खरिद प्रक्रियाका लागि थप समय आवश्यक परेको उनले बताए। केही कानुन र नीति संशोधनका लागि संघीय सरकारको सहयोग आवश्यक रहेको पनि मन्त्री भण्डारीले जानकारी दिए ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved