सिर्सिया सुक्खा बन्दरगाह भन्सारको राजस्व संकलन घट्यो, ६ महिनामा २३ अर्ब ३४ करोड संकलन

रासस

रासस

Jan 16, 2025 | 11:29:52 AM मा प्रकाशित

laxmi sunrise bank

सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले कुल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो।

गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व संकलन एक अर्ब ४५ करोड ४१ लाख ७९ हजार रूपैयाँले कमी आएको छ।

कार्यालयले चालु आवको साउन महिनामा तीन अर्ब ७५ करोड २२ लाख रूपैयाँ राजस्व संकलन गर्‍यो। त्यस्तै भदौ महिनामा चार अर्ब ६४ करोड ३० लाख रूपैयाँ, असोज महिनामा चार अर्ब ३६ करोड ४५ लाख रूपैयाँ, त्यस्तै कात्तिक महिनामा रु तीन अर्ब ७९ करोड २९ लाख राजस्व संकलन गरेको थियो।

त्यस्तै मङ्सिर महिनामा तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा तीन अर्ब ५६ करोड २१ लाख रूपैयाँ राजस्व संकलन गरेको थियो। कार्यालयले गत आवको छ महिनाको अवधिमा भने २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved