रौतहट प्रहरीको ६ महिनाः चोरी निकासीतर्फ दुई करोड ४२ लाख बढी संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2025 | 12:10:23 PM मा प्रकाशित

laxmi sunrise bank

रौतहट प्रहरीले ६ महिनाको अवधिमा जबरजस्ती करणीको १३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा फर्छौट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८१/०८२ को ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो ।

गत साउनदेखि पुससम्मको सार्वजनिक गरिएको प्रगती विवरण अनुसार जबरजस्ती करणीको लागूऔषधको १५ वटा मुुद्दा दर्ता भएकोमा १४ वटा फर्छौट भएको उल्लेख छ  ।

लागूऔषधको आ.व. २०८०/८१ मा ११ वटा मुद्दा दर्ता भएकोमा १० वटा फर्छौट भएको सार्वजनिक गरिएको विवरणमा छ । कर्तब्य ज्यानका ४ वटा मुुद्दा दर्ता भएकोमा २ वटा फर्छौट गरेको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए । उनका अनुसार चोरी सम्बन्धि ३८ वटा मुुद्दा दर्ता भएकोमा ३८ वटै फर्छौट भएको छ ।

हात हतियार खरखजाना सम्बन्धि ६ वटा मुुद्दा दर्ता भएकोमा ५ वटा फर्छौट भइसकेको उनले जानकारी दिए । आर्थिक वर्ष २०८१/०८२ को पुससम्म मुद्रा सम्बन्धि ४ वटा मुुद्दा दर्ता भएकोमा सबै फर्छौट भएको उनको भनाइ छ । यस आर्थिक वर्षको पुससम्म ६८ लाख २४ हजार ५ सय ट्राफिक प्रहरीले राजस्व संकलन गर्न सकेको छ । 

अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा २ सय ६४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । भन्सार चोरी निकासीतर्फ साइकल १४,मोटरसाइकल १ सय ८, पिकअप २, स्कार्पियो २, सिटी रिक्सा ४ लाई कारवाही गरि २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैयाँ राजस्व संकलन गरेको रौतहट प्रहरीले जानकारी दिएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved