
पछिल्लो ६ महिनाको आयात र निर्यात दुवै बढेको छ । भन्सार विभागद्धारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१/८२को विवरण अनुसार आयात र निर्यात दुवै बढेको देखाएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार ६ महिनाको अवधिमा ८ खर्व २२ अर्व ३७ करोड बराबरको वस्तु आयात गरिएको छ । गत आर्थिक वर्षको तुलनामा ७.०६ प्रतिशतले बढिले हो । गत आर्थिक वर्ष ७ खर्व ६८ अर्व १६ करोड बराबरको वस्तु निर्यात गरिएको थियो ।
आयातसँगै निर्यात पनि बढेको छ । विभागको विवरण अनुसार चालु आवको ६ महिनासम्ममा ९८ अर्ब ७८ करोड रुपैयाँको बस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा ३१.७८ प्रतिशतले निर्यात बढेको हो । गत वर्षको सोहि अवधिमा ७४ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
यो अवधिमा ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार ८ खर्ब ४३ अर्ब १३ करोड रहेको थियो ।