सम्पादकीयः राजीनामा दिएर मात्रै शर्माले उन्मुक्ति पाउनु हुँदैन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2022 | 06:06:33 PM मा प्रकाशित

ntc

नाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएर राजश्वका दरहरू फेरबदल गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले अन्ततः राजीनामा दिएका छन् । जेठ १५ गते बजेट वक्तव्य आउनु अघिल्लो दिन मन्त्रालयमा निश्चित उद्योगी र व्यवसायीका एजेन्ट छिराएर करको दर हेरफेर गरेको आरोप पुष्टि हुने गरी त्यसदिनको सीसीटीभी फूटेजसमेत डिलेट भएको भन्दै अर्थमन्त्रालयको वक्तव्य जारी गरेपछि थप अप्ठेरोमा परेका शर्मामाथि राज्यद्रोहको मुद्दामा छानबिन र कारवाही गर्नुपर्ने माग सर्वत्र उठेको थियो ।

उनीविरुद्ध छानबिन गर्न प्रतिनिधि सभाले ११ सदस्यीय संसदीय छानबिन समितिसमेत गठन गरेको छ । आज सभामुख अग्निप्रसाद सापकोटाले  ११ सदस्यीय विशेष समिति गठन गर्दै बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्ने कार्यादेश दिएका छन्

शर्मामाथि राज्यद्रोहको आरोपमा छानबिन गर्नुपर्ने भन्दै संविधानविद तथा वरिष्ठ अधिवक्ताहरूलेसमेत बिजपाटीमार्फत आफ्नो आवाज उठाएका थिए । चौतर्फी दबाब झेल्न नसकेर शर्माले राजीनामा दिएका हुन् । ढिलै भएपनि राजीनामा त आयो तर शर्माले बजेटमार्फत निश्चित उद्योगी र व्यापारीको पक्षपोषण गर्दै अन्य उद्योगीलाई देशभित्र उद्योग चलाउन गाह्रो पार्ने जुन हर्कत गरे, त्यसको क्षतिपूर्ति राजीनामाले मात्र पूरा हुन नसक्ने निश्चित छ ।

शर्माले पक्कै पनि नैतिकता देखाएर राजीनामा गरेका होइनन् । आफूले गरेको राज्यद्रोह र आर्थिक अपराध लुक्नै नसक्ने भएपछि बाध्य भएर उनले सिंहदरबार छोड्नुपरेको हो । उनले सिंहदरबार छोड्ने निर्णय लिएकै आधारमा आर्थिक अपराध जस्तो संवेदनशील विषयलाई यत्तिकै छोड्नु हुँदैन ।

गत साल अर्थमन्त्री बनेपछि उनले प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरन आयातमा लाग्ने शुल्कमा छुट दिएर आफूनिकट व्यवसायीक घरानालाई अर्बौं पोस्ने नीति लिए, त्यतिबेलै देखि उनी पारदर्शी छैनन् र पैसाका लागि जे पनि गर्न तयार हुने मन्त्री रहेछन् भन्ने आम जनतामाथि छाप गरेको थियो । आगामी आर्थिक बजेटमार्फत त्यसलाई सच्याउलान् भनेर गरिएको आश थप बेकार बनेको थियो । यसविषयमा सार्वभौम संसदको उद्योग समितिले प्रतिस्थापन विधेयकअघिकै प्रावधान ल्याउन निर्देशनसमेत दिएको थियो तर शर्माले त्यसलाई नकार्दै आइरहेका थिए ।

पछिल्लो समय अर्थसचिव मधुकुमार मरासिनीले समेत शर्मालाई साथ दिएनन् । शर्मा मन्त्रालय रहुन्जेल विदामा बस्ने निर्णय गरेर मरासिनी मन्त्रालयमा हाजिर हुन नआएपछि शर्मालाई थप नैतिक संकट परेको थियो । मन्त्रालयमा अनाधिकृत व्यक्तिको पहुँच त्यससम्बन्धी सीसीटीभी फूटेज डिलेट गरेर प्रमाण नै नष्ट गराउने कुकर्ममा सामेल शर्मा र उनका मतियारहरूलाई तत्काल छानबिनको दायरामा ल्याएर सम्बन्धित निकायले यथार्थ छानबिन गर्न तत्काल आवश्यक छ ।

यसअघि पनि यस्ता घटनाहरू नेपालको राजनीतिक इतिहासमा नघटेका होइनन् । तर अधिकांश घटनामा संसदीय समितिलाई 'कर्मकाण्डी' समितिका रूपमा मात्र लिइयो । संसद सार्वभौम निकाय भएकाले संसदीय छानबिन समितिमा प्रश्न उठाउनु हुँदैन तर आर्थिक अपराधको पाटोलाई छानबिन गर्न अन्य निकायहरूलाईसमेत यतिबेला सक्रिय बनाउन जरुरी छ ।

शर्माका कारण देशभरिका उद्योगी व्यवसायीले भोग्नुपरेको नोक्सानीको हिसाबकिताब तत्काल हुन जरुरी छ भने समग्रमा देशको अर्थतन्त्रमा परेको नकारात्मक असरको पनि फेहरिस्त बाहिर आउन जरुरी छ । छानबिन प्रक्रियामा शर्मा साँच्चिकै दोषी देखिए भने कुनै पनि हालतमा राजनीतिक पहुँचका आधारमा उनलाई उन्मुक्ति दिनुहुँदैन ।

आफूमाथिको आरोपलाई कहीं कतैबाट गलत सावित गर्न नसकेपछि ढिलै भएपनि शर्माबाट आएको राजीनामालाई सकारात्मक रूपमा लिनुपर्छ । छानबिन शर्मामाथि मात्र होइन, उनलाई आर्थिक अपराध र राज्यद्रोह गर्न सघाउने अन्य राजनीतिक नेतृत्व, सरकारी कर्मचारी र स्वार्थि उद्योगी व्यवसायीमाथि पनि गर्नुपर्छ । यसका लागि संसदीय समिति मात्र होइन, अख्तियार, राजश्व अनुसन्धान विभाग जस्ता सबै निकायलाई सक्रिय बनाएर अघि बढ्नुपर्छ ।

 बिजपाटीले यस सम्बन्धमा लेखेका समाचारहरु पढ्नुहोस्ः

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

फुटेज प्रकरण सेलाउन नपाउँदै शर्मालाई अर्को आपत: बाहिरियो साहिलसँगको अर्को कनेक्सन

- - अर्थमन्त्रीले नभई बिचौलिया ब्यापारी दिपक भट्टले लेखेका थिए बजेट

राज्यमन्त्री उमेश श्रेष्ठको घरमा अर्थमन्त्रीसहित प्रधानमन्त्रीका छोराको ‘ककटेल पार्टी’

-अर्थमन्त्री शर्माले बजेटमार्फत साहिल अग्रवालको समूहलाई दिए गजबको उपहार 

-अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

-दोस्रो बजेटमा पनि कर छुटको नाममा अर्थमन्त्रीको ब्रह्मलुटस् दुई व्यापारीलाई २ अर्ब छुट

मोबाइल अफ गरेर अनिश्चित समयका लागि बिदामा बसे अर्थसचिव

अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

जनार्दनको प्रतिस्थापन बजेटको प्रतिफलः फलामे डण्डीको भाउमा ‘रेकर्ड ब्रेक’

साहिल अग्रवालको समूहलाई पोस्न अर्थमन्त्रीले कर्मचारी र उद्योगीलाई यसरी ढाँटे

अग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले स्वास्थ्य र सुरक्षाको लागि घातक प्रविधि छोड्न मानेनन्, कसको छ स्वार्थ ? 

-  जगदम्बाको गुणस्तरहीन डण्डी फिर्ता, बनिसकेका घरको जिम्मा कसले लिने ?

गुणस्तरहीन डण्डी उत्पादन गरेको विशाल ग्रुप स्पष्टिकरण बुझाएर पन्छिँदै 

-  जगदम्बाका ३ सय टन डण्डी गुणस्तरहीन, उत्पादन इजाजत रद्द

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved