टिच फर नेपालद्वारा शैक्षिक अभियानका सारथीहरुलाई सम्मान

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 28, 2018 | 05:38:43 PM मा प्रकाशित

nepal oil ltd

टिच फर नेपालले शैक्षिक अभियानमा सहयोग गर्ने बैंक तथा व्यवसायिक प्रतिष्ठानलाई सम्मान गरेको छ । टिच फर नेपालका बोर्ड सदस्य तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले एक कार्यक्रमको आयोजना गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अभियानमा सहयोग गर्ने संस्थाहरुलाई सम्मान गरे । 

१ सय भन्दा बढी बैँक तथा व्यवसायिक प्रतिष्ठाका प्रमुख तथा अन्य अधिकारीहरू उपस्थित कार्यक्रमको उद्घाटन गर्दै शाहले टिच फर नेपालको कामले ग्रामिण भेगका विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार सँगै देशलाई आवश्यक जनशक्ति उत्पादन गर्न पनि सहयोग पुगेको बताए ।  

२०७० बाट सुरु भएको यस अभियानले कम्तीमा स्नातक गरेका उत्कृष्ट युवाहरूलाई ग्रामिण भेगका सार्वजनिक विद्यालयमा २ वर्षका लागि पठाउने गरेको छ । छैठौँ वर्ष प्रवेश गर्दै गर्दा यस अभियानमा विभिन्न बैंक तथा व्यवसायिक प्रतिष्ठानले साथ दिएका छन ।  

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक समानताको लागि नयाँ र जागरुक जामतको खाँचो औँल्याउँदै नेपालको सार्वजनिक शिक्षामा परिवर्तन जरुरी रहेको बताए । 

कार्यक्रममा एच एच बजाज, नेपाल इन्भेस्टमेन्ट बैंक, सुर्य नेपाल, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, सानिमा बैंक र पन्चकन्या ग्रुपलाई सम्मानित गरिएको थियो । 

टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले आगामी दिनमा सरकार, बैंक तथा व्यवसायिक प्रतिष्ठानहरुसँग सहकार्य गरी धेरै विद्यालयमा शैक्षिक असमानताको अन्त्य गर्न लागि पर्ने बताए । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved