'दक्ष जनशक्ति उत्पादनमा युनिग्लोब कलेज'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2018 | 09:42:52 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकाको मुटु मानिने बानेश्वरमा अवस्थित युनिग्लोब कलेज पोखरा विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त गरि व्यवस्थापन क्षेत्रमा अध्ययन अध्ययापन गर्दै आएको एक गुणस्तरीय शैक्षिक संस्था हो। 

नेपालको शैक्षिक वृत्तमा ख्यातिप्राप्त, अनुभवी, तथा सफल व्यवस्थापक द्धारा विशुद्ध प्राज्ञिक व्यक्तिहरुको समूहबाट सञ्चालित यस कलेजले बीबीए, बीबीए बीआई र एमबीए (फाइनान्स) कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

सन २००९ देखि संचालनमा आएको यस कलेज स्थापनाको एक दशक नपुग्दै व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गर्दै अन्तर्राष्ट्रिय बजारमा आफुलाई स्थापित गर्न चाहने जो कोहीका लागि पहिलो गन्तव्य बन्न सफल भएको छ। कलेजले सैद्धान्तिक ज्ञानसँगै पर्याप्त व्यवहारिक ज्ञान समेत उपलब्ध गराउने भएकाले व्यवस्थापन संकायमा अध्ययन गर्न चाहनेको पहिलो रोजाईमा पर्न सफल भएको हो।

'उत्कृष्ट ढंगले पठन पाठन हुने ठाउँमा त्यहाँको उत्पादन निश्चय नै उत्कृष्ट हुन्छ' भन्ने भनाईलाई आत्मसाथ गर्दै कलेजले आधुनिक कम्प्युटर ल्याब तथा पुस्तकालयको व्यवस्था गरेको छ। त्यसका साथै कलेजले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय कन्फ्रेन्सको आयोजना गर्दै आएको छ, जसले गर्दा विद्यार्थीले अन्तर्राष्ट्रिय सभा, सेमिनारमा भाग लिने आवसर प्राप्त गर्ने गरेका छन्। 

कलेजले शैक्षिक कार्यक्रमको अनुसन्धान र विद्यार्थी आदान–प्रदानका लागि विभिन्न विदेशी विश्वविद्यालय र लोकप्रिय कलेजसँग सम्झदारीपत्रमा हस्ताक्षर गरेको छ। अमेरिका, बेलायत, क्यानाडा, भारत, वंगलादेश, थाईल्याण्ड, पोल्याण्ड लगायतका मुलुकका चर्चित विश्वविद्यालयहरुसँग सहकार्य गर्दै आएको यस कलेजमा ती विश्वविद्यालयकै प्राध्यापकहरु आएर समेत अध्ययन–अध्यापन गराउने गरेका छन् । 

कलेजमा उपलब्ध अडिटेरियम हल तथा क्यान्टिनको साथसाथै करीब ९ रोपनी क्षेत्रफलमा फैलिएको कलेजको पूर्वाधारसँगै रहेका बगैचाहरुले शैक्षिक वातावरणलाई थप उर्जा प्रदान गरिरहेको छ। त्यस्क्का अतिरिक्त विद्यार्थीहरुको खोज तथा अनुसन्धानमा केन्द्रित रहेका जर्नलहरुको प्रकाशनलाई अनिवार्य बनाइएको छ।   

कलेजले प्रत्येक वर्ष  विश्व र नेपालमा भएका नयाँ र चुनौतीपूर्ण बिषयलाई लिई अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ। सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ता लगायत यस कलेजका विद्यार्थीहरुको शोध पत्रहरु पनि प्रस्तुत गर्ने मौका प्रदान गरिन्छ। साथै यस कलेजका विद्यार्थीहरुलाई विदेशमा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन समेत पठाईन्छ । एक वर्षमा १६ वटा जर्नल प्रकाशित  गर्दछ । यी जर्नलहरुमा विद्यार्थीहरुका अन्तराष्ट्रिय स्तरका अनुसन्धानमूलक लेखहरु प्रकाशित गरिन्छ । 

कलेजले अध्ययनका साथसाथै व्यावहारिक ज्ञान, इन्ट्रजसिप, औद्योगिक भम्रण, अन्तक्रिया र रोजगारीका लागि विभिन्न उद्योगसँग सहकार्य गरेको छ ।त्यसैले पनि कलेजबाट ग्रेजुयट गरेका विद्यार्थीहरू बैंकिङ र फाइनान्स क्षेत्रमा धेरै कार्यरत रहेका छन् । यसमध्ये पनि केहीले उद्यमशीलता र विभिन्न संघ–संस्थामा कार्यरत रहेका छन् । छोटा समयमा नै एमबीए (फाइनान्स) कार्यक्रम प्रतिस्पर्धी र सबैको आकर्षक कार्यक्रम बन्दै गइरहेको छ । यो कार्यक्रम अन्यभन्दा पृथक रहेका कारण मानव संशाधन निर्माणका लागि विधागत रूपमा नेपाल र विश्व बजारमा प्रतिस्पर्दी बन्दै गइरहेको छ । 

यस कलेजबाट अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने मानव स्रोत उत्पादन भईरहेको र यहाँ अध्ययन सकिए पछि यहाँका विद्यार्थीहरु आफुले सोचे अनुसारको पेशामा उच्च सफलता हासिल गरिरहेको हुँदा युनिग्लोब कलेज पोखरा विश्वविद्यालयको नमूना र नेपालको व्यवस्थापन शिक्षामा उत्कृष्ट कलेज हुन सफल भएको छ।

(युनिग्लोब कलेजका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल नरबहादुर बिष्टसंगको कुराकानीमा आधारित)






 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved