
नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरले २५ औं वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती छात्रबृति प्रदान गर्ने भएको छ । कलेजमा इलेक्टोनिक्स एण्ड कम्युनिकेशन संकायमा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रृबृति प्रदान गर्न लागेको कलेजले जनाएको छ ।
इलेक्टोनिक्स एण्ड कम्युनिकेशन संकायमा भर्ना हुने २५ जना विद्यार्थीलाई छात्रबृति वितरण गर्ने कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार २५ जना विद्यार्थीलाई ५० प्रतिशत छात्रबृति वितरण गरिनेछ । यो छात्रबृति रकम प्रति विद्यार्थी झण्डै पाँंच लाख बराबरको हुने जनाइएको छ । गतवर्ष पनि कलेजले प्रत्येक प्रदेशका एक/एकजना विद्यार्थीलाई पनि छात्रबृति प्रदान गरेको थियो ।