ह्रस्व दीर्घपछि एआईएले ल्यायो सातै प्रदेश चिनाउन देउसी भैलो गीत (भिडियोसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 31, 2018 | 08:17:45 AM मा प्रकाशित

laxmi  sunrise bank

ह्रस्व दीर्घका नियम सिकाउने गीत सार्वजनिक गरेर चर्चामा आएको अवेरनेस इन्टरनेसनल स्कुल (एआईए) ले अर्को जानकारी मुलक सांगेतिक कोशेली सार्बजनिक गरेको छ । तिहार नजिकिदै एआईएले देश चिनाउने देउसी भैलो गीत सार्वजनिक गरेको हो। बिद्यालयले सामाजिक विषयको शिक्षण सामाग्रीको रुपमा यो गीत प्रस्तुत गरेको बताएको छ । 

यस गीतमा सातै प्रदेशका प्रदेश राजधानी, स्थानीय तहको संख्या, मुख्यमन्त्रीको नाम र प्रदेशका प्रसिद्ध क्षेत्र, प्रमुख जाति लगायतका बिषय समेटिएको छ। गीतका शब्द सिर्जना स्कुलकै शिक्षक बिमल घिमिरे, खगेश्वर गिरी र कृष्णप्रसाद गैरेले गरेका हुन् भने विद्यार्थीहरुको साथमा तिनै शिक्षकले स्वोर दिएका छन्। 

 गीतमा शिक्षक खगेश्वर, कृष्णप्रसादसँगै विद्यार्थीको श्वर समेटिएको छ। संगीत राजकुमार घिमिरेले भरेका हुन् भने विद्यालयकै शिक्षक र विद्यार्थीले भिडियोमा अभिनय गरेका छन्। अभियन गर्दा विद्यार्थी विद्यालय पोशाकमै सजिएका छन्। 

 गीतको छायांकन विद्यालय परिसरमै गरिको छ।  गीतलाई स्कुलले सामाजिक विषयको शिक्षण सामाग्रीको रुपमा प्रस्तुत गरेको हो ।

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved