नेपालमा न्युक्लिएर रिसर्च सेन्टर खोल्नुपर्छ : मन्त्री पोखरेल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 11:04:06 AM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक रहेको बताएका छन। शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले आज आयोजना गरेको कार्यक्रममा उनले विज्ञान र प्रविधिलाई जीवनका सबै क्षेत्रमा पु¥याउन र यसको विकास गर्न नसके समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताए। 

परमाणु विज्ञान तथा प्रविधिको शान्तिपूर्ण तथा सुरक्षित उपयोग गरी राष्ट्रिय विकासको लक्ष्य हासिल गर्ने विषयक कार्यक्रममा मन्त्री पोखरेलले नेपालमा न्युक्लिएरको रिसर्च सेन्टर खोल्नुपर्ने आवश्यकता रहेको बताए। रेडियो आईसोटप्सहरु नेपालमा नैं उत्पादनगरी स्वास्थ्य लगायतका क्षेत्रमा प्रयोग गर्नुपर्ने उनको भनाई थियो ।

कृषि, उद्योग र जीवनका अन्य पक्षहरुमा र राष्ट्रिय सुरक्षामा न्युक्लिएर प्रविधिको प्रयोग गर्न ऐन नभई अगाडी बढ्न सक्ने स्थिती छैंन मन्त्री पोखरेलले भने, 'न्युक्लिएर ऐन पास गरेर यस संग सम्बन्धित नियमाक निकाय तुरुन्तैं गठन गरेर अघि बढ्नुपर्छ, पारमाणविक प्रविधिको उपयोग सम्बन्धी विधेयक संसदको आगामी हिउँदे अधिवेशनमा पेश हुन्छ।'

उनको ऐन पारित गर्न सबै दलको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै ऐन पारित भएसँगै यस क्षेत्रमा नियमनका लागि आवश्यक संरचना गठन गर्न तथा पारमाणविक अनुसन्धान केन्द्र खोल्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धी ऐन आइसकेपछि स्वास्थ्य क्षेत्रमा थप सुधार हुने र नियमन गर्न पनि सहज हुने धारणा व्यक्त गरे। 

सन् १९७० मा लागू भएको आणविक अप्रसार सन्धिको नेपाल सोही बर्ष पक्ष राष्ट्र भएको थियो भने २००८ मा नेपालले आईएईएको सदस्यता लिएको हो । कानूनको अभावमा नेपालले धेरै क्षेत्रमा परमाणु प्रविधि भित्र्याउन र प्रयोग हुन सकेको छैन। यससम्बन्धी ऐन बनेपछि प्रयोग बढाउन सहज हुने र प्रयोगका क्षेत्रमा नियमन गर्न छुट्टै निकाय गठन गर्न सकिने बिश्वास छ। कृषिको उत्पादकत्व बढाउन, अनुसन्धान गर्न, खाद्यान्नलाई सुरक्षित राख्न, खानी पत्ता लगाउन, पूर्वाधार निर्माणमा सहजताका लागि पनि परमाणु प्रविधिको प्रयोग गर्न सकिने यस क्षेत्रका जानकारको भनाइ छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved