सिटिईभिटीले ५६० जनालाई १४ वटा बिषय निशुल्क पढाउने, कसरि हुने सहभागी ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2018 | 01:21:35 PM मा प्रकाशित

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ‘सीटिईभीटि’ ले ५ सय ६० छात्रछात्रालाई  निशुल्क पढाउने भएको छ । सीटिईभीटीले छात्रवृत्ति कार्यक्रम अन्तर्गत दलित, विपन्न र मुस्लिम समुदायका गरि कुल ५६० जनालाई निशुल्क पढाउने भएको हो । परिषदले यस छात्रवृत्तिमा सहभागी हुन् चाहने लक्षित वर्गलाई आवेदन दिन आह्वान गरेको हो । 

परिषदले २ सय ८० जना छात्रछात्रालाई प्राविधिक एसएलसी र २ सय ८० जनालाई डिप्लोमा प्रमाण पत्र तहको अध्ययनका लागी आवेदन खुला गरेको हो । परिसदले पुष ३० गतेभित्र फारम पेश गर्न आग्रह गरेको छ । प्रवेश परिक्षा भने आगामी माघ १२ गते हुनेछ ।

दलितहरुको हकमा राष्ट्रिय दलित आयोग, मुस्लिमहरुको हकमा राष्ट्रिय मुस्लिम आयोग वा सम्वन्धित जिल्ला प्रशासन कार्यालयबाट उक्त जाती भनी जारी गरिएको प्रमाणित पत्रको आधारमा साथै बिपन्न समूहको छनौट गर्दा हलिया र कमैयालाई समावेश गरी नेपाल सरकारबाट सुचिकृत सुविधा वञ्चित (Disadvantage Group) २२ वटा समूहहरु (बनकरिया, बराम, बोटे, चेपाङ्ग, दनुवार, धानुक, हायु, झागड, किसान, कुसुन्डा, लेप्चा, माझी, मेचे, कुसवाडिया, राजी, राउटे, सतार, सिंसा, सियार, सुरेल, थामी, थुनम) लाई आर्थिक रुपमा बिपन्न भनी स्थानीय निकायबाट प्रमाणित कागजातको आधारमा बिपन्न कोटामा सहभागी हुन् सक्ने परिषदले जनाएको छ। 

यस्तो छ परिषदको सूचना । परिषदको वेबसाइट मै सुचना हेर्न यहाँ क्लिक गर्नु होला । 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved