प्रादेशिक विश्वविद्यालय गठन गर्न मन्त्रिपरिषदबाट प्रस्ताव पारित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 08:50:15 AM मा प्रकाशित

प्रदेश नं. ३ सरकारले  प्रादेशिक विश्वविद्यालय गठन गर्ने निर्णय गरेको छ । प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक विश्वविद्यालय गठन गर्ने र विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो । 

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गरेको शान्ति पार्क छनोट गरी निर्माण गर्न स्थान छनोट गर्ने, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची १ र २ तथा ऐनको संशोधन गर्न बनेको विधेयक स्वीकृत गरेको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको सहकारीमा आधारित सामूहिक खेती योजना सञ्चालन गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved