‘मुस्लिम समुदाय पछाडि पर्नुका कारण अशिक्षा’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2018 | 11:57:07 PM मा प्रकाशित

प्रदेश नं ५, सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले मुस्लिम समुदायको शिक्षामा पहँुचका लागि प्रदेश सरकारले चासो दिएको बताए। शिक्षा र चेतनाको कमी भएका कारण मुस्लिम महिला पछाडि परेको बताउँदै उनले भने “मुस्लिम महिलासँगै समग्र मुस्लिम समुदायको विकासका लागि आधुनिक शिक्षा जरुरी भएको छ । अब मदरसा शिक्षालाई आधुनिक शिक्षा प्रणालीमा लैजान मुस्लिम समुदाय तयार हुनुपर्दछ ।” 

सञ्चारिका समूहले आज नेपालगञ्जमा आयोजना गरेको ‘मुस्लिम महिलाको राजनीतिमा पहुँचसम्बन्धी कार्यक्रममा मुख्यमन्त्री पोखरेलले मदरसा शिक्षालाई आधुनिकीकरण गर्न जरुरी भएको बताए। 

मुस्लिम समुदायमा अझै पनि छोरीलाई नपढाउने चलन रहेको उल्लेख गर्दै उनले मुस्लिम समुदाय पछाडि पर्नुको प्रमुख समस्या नै अशिक्षा रहेको दाबी गरे। शिक्षामा पछि परेका कारण राजनीतिमा पनि मुस्लिम समुदायको अर्थपूर्ण उपस्थिति हुन नसकेको उनको धारणा थियो । 

प्रदेश नं ५ का १० वटा जिल्ला पूर्ण साक्षर भए पनि मुस्लिम समुदायको बाहुल्यता रहेको बाँके र कपिलवस्तु जिल्ला पछाडि परेकाले प्रदेश सरकारले विशेष साक्षरता अभियान सञ्चालन गर्ने उनले बताए। 

“मदरसा शिक्षाबाट मुस्लिम समुदायलाई बाहिर निकालेर मदरसालाई आधुनितातर्फ लैजान हामीले पहल गरिरहेका छौँ”, मुख्यमन्त्री पोखरेलले भने,  “मुस्लिम समुदायलाई शिक्षाको मूलधारमा ल्याउन स्थानीय तहसँग मिलेर प्रदेश सरकारले साक्षरता अभियान सञ्चालन गर्नेछ ।” 

मुस्लिम समुदायमा अझै पनि सामूहिक निर्णयलाई विश्वास गर्ने परम्पराले पनि व्यक्तिको भूमिका कम हुने र राजनीतिमा आउन समस्या देखिने गरेको उल्ल्ेख गर्दै उनले भने “मुस्लिम समुदायका प्रत्येक व्यक्तिमा राजनीतिक विचार धारा हुन आवश्यक छ र राजनीतिक दलले पनि वैचारिक र साङ्गठनिक गतिविधि मुस्लिम समुदायमा पु¥याउन सक्नुपर्छ ।” 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved