यौन दुर्व्यवहारका आरोपित सहायक डीन निलम्बित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2019 | 11:48:14 PM मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साह निलम्बनमा परेका छन। यौन दुर्व्यवहार आरोपमा प्रहरी नियन्त्रणमा रहेका शाहले बिश्वबिद्यालयको गरिमा घटेको भन्दै बिश्वबिद्यालय कार्यकारी परिषदको फागुन ८ मा बसेको आकष्मिक बैठकले शाहलाई निलम्बन गरेको हो। 

'साहले विश्वविद्यालयको मान,प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहीन तथा निन्दनीय कार्य गरेहो हुँदा उनलाई विश्वविद्यालयको कुनैपनि कामकाज गर्न नपाउने गरी सहायक डीन पदबाट निलम्बन गरिएको हो' त्रिभुवन विश्वबिद्यालयद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। 

यौन दुर्व्यवहारको आरोपमा उनलाई बुधवार नेकपानिकट विद्यार्थीको समूहले कालोमोसो दलेकाे थियाे। त्रिवि शिक्षाशास्त्रका सहायक डिन साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबरजस्ती यौन दुराचार गर्न खोजेको आरोप विद्यार्थी संगठनले लगाएका थिए। 

आफन्तको ट्रान्सक्रिप्ट बनाउन आएकी एक महिलामाथि हातपात गर्न खोजेको पाइएपछि शाहलाई कालोमोसो दलिएको अनेरास्ववियु क्रान्तिकारीका त्रिवि संयोजक राजकुमार लिम्बुले बताए। साहलाई विश्वविद्यालयको हाताबाट निकालेर प्रशासनमा ल्याएर कालोमोसो दलिएको थियो।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved