हिलसाइड कलेज अफ इन्जिनियरिङले अन्तराष्ट्रिय सम्मेलन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 02:54:34 PM मा प्रकाशित

laxmi  sunrise bank

हिलसाइड कलेज अफ इन्जिनियरिङले आगामी साउन ३ देखि ५ गतेसम्म (जुलाई १९ देखि २१ सम्म) सूचना प्रविधि र व्यवसायसंग सम्बन्धित अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ। 

कलेजको स्वागत, बिदाइ तथा खेलकुद पुरस्कार वितरण समारोह २०७५ मा बोल्दै कलेजका प्रीन्सिपल के. एन दुलालले आगामी जुलाइ १९ देखि २१ सम्म “International Conference on Quality, Reliability, Infocom Technology & Business Operations ( ICTRIT)” को आयोजना गर्न लागेको जानकारी दिएका हुन।  

उनकाअनुसार उक्त कार्यक्रमको मुल आयोजक हिलसाइड कलेज अफ इन्जिनियरिङ रहने, सह आयोजक भारतको SREQON, क्यानडाको University Of Saskarchewan र स्वीडेनको Lulea University Of Technology रहेको र पुर्बान्चल विश्वविद्यालय को उपकुलपतिज्यु Chief Patron मा रहनुभएको जानकारी दिए।

सोहि कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रा.डा. गोबिन्दराज पोखरेलले आफूले नेपालमा पढ्ने सिट नपाएर भारत गएर पढ्नु परेको, पढाइको सिलसिलामा भोग्नु परेको दु:ख र आफुले हासिल गरेको सफलता बारे बताउदै बिधार्थीलाई अनुशासित भई कुशल इन्जिनियर बन्न प्रोत्साहन गरे। समृद्व मुलुक निर्माणमा सबै जिम्मेवार हुनुपर्ने र त्यसमा इन्जिनियरको भुमिका महत्वपूर्ण हुने भएकोले सोही अनुसारको पठनपाठन मा ध्यान दिनुपर्ने भन्दै कलेजका अध्यक्ष जनार्दन नेपालले सबै विद्यार्थी शिक्षक लाई जिम्मेवार रहन अनुरोध गरे।

उक्त कार्यक्रममा कलेजका संचालक इ. धनेश्वर शाह, ब्यबस्थापन समितिका सदस्य तथा हिलसाइड कलेज अफ इन्जिनियरिङको भगिनी संस्था गौरीशंकर कलेजका डाइरेक्टर प्राध्यापक सत्यनारायण शाह सहित हिलसाइड रिसर्च सेण्टरका प्रमुख इ. मधु आचार्यको समेत उपस्थिती रहेको थियो ।

पुर्बान्चल बिश्वबिद्यालयको परीक्षा-तालिका समेत निश्चित समयमै शुरु हुन थालिसकेको र सोहि ढंगले अब रिजल्ट पनि निश्चित समय (तीन महिना)मै  प्रकाशित गराउने जानकारी गराउदै कार्यक्रमका प्रमुख अतिथि पुर्बान्चल बिश्वबिद्यालयका उपकुलपतिले पुर्बान्चल बिश्वबिद्यालयको पाठ्यक्रम उत्कृष्ट रहेको र मुलुक भित्र मात्रै नभई बिदेशमा समेत पुर्बान्चल बिश्वबिद्यालयका प्रोडक्ट ले निकै महत्त्वपूर्ण पदमा काम गरिरहेको जानकारी दिए।

सो कार्यक्रममा पहिलो सेमिष्टर, इलेक्ट्रीकल तर्फका बिद्यार्थीहरुले तयार गरेको क्युप सेटलाइट उडाएर र रिमोट बाटै झिलिमिली बत्ती बालेर प्रमुख अतिथि उपकुलपतिले कार्यक्रमको समुद्वघाटन गरे।

हिलसाइड कलेज अफ इन्जिनियरिङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्टि, सेमिनार निरन्तर गर्दै जाने र विद्यार्थीहरुलाई इण्टर्नसिपमा सहभागी समेत गराउने कलेजका प्रबन्ध संचालक गोपीकृष्ण न्यौपानेले जानकारी दिए। त्यस्तै हिलसाइडले गुणात्मक शिक्षाको लागि जोड दिइरहेको र त्यसको लागि गरिएको मेहेनतले हिलसाइड कलेज अफ इन्जिनियरिङलाई पुर्बान्चल बिश्वबिद्यालयकै एउटा अब्बल कलेज बनाइछोड्ने प्रतिबद्धता समेत जनाए। 

कार्यक्रममा पहिलो सेमिष्टरका बिद्यार्थीहरुलाइ स्वागत तथा आठौ सेमिष्टरका विद्यार्थीहरुलाई बिदाई तथा खेलकुद कार्यक्रम मा बिजेताहरुलाइ पुरस्कार, प्रमाणपत्र र पदक बितरण गर्दै सेमिष्टर टप विद्यार्थी हरुलाई अभिनन्दन सहित  प्रमाणपत्र प्रदान गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved