दुई नम्बर प्रदेशमा एसईई परिक्षा स्थगित, 'अपराधी' खोज्न समिति गठन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 29, 2019 | 09:50:07 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रश्नपत्र बाहिरीएपछि प्रदेश दुईको एसईई परिक्षा स्थगित गरिएको छ। परिक्षाअगाबै अनिवार्य सामाजिक शिक्षा र बिज्ञान बिषयको प्रश्नपत्र बाहिरीएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश दुईमा अर्को निर्णय नभएसम्मलाई बाँकी बिषयको परिक्षा स्थगित गरेको हो।

'प्रदेश नंबर २ अन्तर्गतका केन्द्रहरुमा चैत्र २१ गतेसम्म सञ्चालन हुने सबै विषयका परीक्षाहरु अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गर्न मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिने निर्णय गरेको छ' मन्त्रालयद्वारा जारि मन्त्री गिरिराजमणि पोखरेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ। 

प्रदेश दुई बाहेकका अन्य सबै प्रदेश अन्तर्गतका परीक्षा केन्द्रहरुमा परीक्षा भने यथावत रुपमा सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १० देखि संचालन भएको हो। यस बर्षको एसईई परीक्षा सञ्चालनका लागि १९६९ परीक्षा केन्द्र कायम गरिएको छ। 

ती परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्ष १९६९ जना, सहायक केन्द्राध्यक्ष ३१६७ जना, निरीक्षक २३७५० जना, परीक्षा सहायक ४७५० जना, कार्यालय सहयोगी ९५०० जना र सुरक्षाकर्मी २९५३५ जना गरी प्रत्यक्ष रुपमा ७२६७१ जना जनशक्ति परिचालन गरिएको छ।

छानविन समिति गठन

शिक्षा मन्त्रालयले परीक्षा अगावै प्रश्नपत्र चुहाउनेको खोजि गर्नलाई छानबिन समिति गठन गरेको छ। यसका लागि शिक्षा मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयको निर्देशनबमोजिम केन्द्रिय अनुसन्धान ब्युरोबाट अनुसन्धानका लागि टोली खटाइसकिएको छ। समितिले आवश्यक अनुसन्धान प्रकृया प्रारम्भ गरिसकेको मन्त्रालयको दाबि छ।

'सबै जिल्ला परीक्षा समन्वय समितिहरुले उच्च सुरक्षा सतर्कताकासाथ प्रश्नपत्रको प्याकेटको सिलबन्दी तथा खामबन्दी परीक्षण गरिरहेका छन' मन्त्रालयद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ।

प्रश्नपत्र बाहिरिनु गम्भीर घटना

तीनवटा सुरक्षा निकायको घेरा तोडेर प्रश्नपत्र बाहिरिनु गम्भीर घटना भएको मन्त्रालयको बुझाई छ। विज्ञहरुबाट निर्माण गरिएको प्रश्नपत्र तीन वटा सुरक्षा निकायको तीन वटा घेराभित्र जनक शिक्षा सामग्री केन्द्रको सुरक्षण प्रेसमा छपाई भई सुरक्षा संयन्त्रको निगरानीमा प्रत्येक जिल्लाको जिल्ला प्रहरी कार्यालयमा सुरक्षित ढंगले राख्ने गरिन्छ।

परीक्षा शुरु हुुनभन्दा ३ दिन अघि मात्र परीक्षा केन्द्रको नजिकको प्रहरी चौकीमा प्रश्नपत्र पु¥याइन्छ । प्रत्येक दिनको परीक्षा शुरु हुनुभन्दा एक घण्टा अघिमात्र केन्द्राध्यक्षले प्रश्नपत्रको प्याकेट बुझेर रुजु गरी सुरक्षाकर्मीसहित परीक्षा केन्द्रमा लैजाने व्यवस्था छ । 'यति धेरै सुरक्षा सावधानीका बीचबाट प्रश्नपत्र बाहिरिनु गम्भीर घटना हो' बिज्ञप्तीमा उल्लेख छ। शिक्षामन्त्री पोखरेलले यत्तिका सुरक्षाका बावजुत पनि प्रश्नपत्र बाहिरनु गम्भीर घटना भएको भन्दै यस घटनालाई आपराधिक घटनाको संज्ञा दिएका छन।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved