प्रदेश २ मा स्थगित एसइई परीक्षा चैत्र २२ देखी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2019 | 11:16:40 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर २ मा स्थगित भएको माध्यमिक शिक्षा परीक्षा आगामी चैत २२ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत २२ देखि २९ गतेसम्म परीक्षा लिने निर्णय गरेको हो । 

रद्द गरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते, सामाजिक विषयको २३ गते र स्वाथ्य तथा जनसंख्या विषयको परीक्षा २४ गते हुने भएको छ । बोर्डले चैत्र २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरुको परीक्षा हुने गरि नयाँ तालिका सार्वजनिक गरेको हो । 

प्रदेश–२ मा विज्ञान, सामाजिक र स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र लगातार बाहिरिएपछि परीक्षा स्थगित भएको थियो । प्रश्नपत्र बाहिरिएपछि सरकारले गठन गरेको छानबिन समितिले घटनाको अनुसन्धान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved