नेपाली बाहेक सबै बिषय अङ्ग्रेजीमा पढाउनु पर्ने, तयार रहन शिक्षकलाई निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 08:35:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामुदायिक विद्यालयमा नेपालीबाहेक सबै विषय अङ्ग्रेजीमा अध्ययनअध्यापन गराउन गृहकार्य गर्नेबारे सोचिरहेको बताएका छन् । बनेपा नगरपालिका–१ सिमलडाँडास्थित महाङ्काल आधारभूत विद्यालयको नवनिर्मित नौकोठे चार भवन उद्घाटन एवं हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने , “नेपालीबाहेकका सबै विषय अङ्ग्रेजीमा शिक्षण गराउने प्रक्रियाअन्तर्गत आउँदो वर्ष नर्सरीदेखि नै अङ्ग्रेजीमा कक्षा सञ्चालन गर्नेबारे अहिलेदेखि नै गृहकार्य गर्न हामी सोचिरहेका छौँ ।”

उनले शिक्षकलाई अङ्ग्रेजी विषयमा शिक्षण गर्नका लागि तयार रहन आग्रह गरे । “तपाईंहरु अङ्ग्रेजीमा शिक्षण गर्न तयार हुनुहोस्,” उनले भने, “सरकार शिक्षामा आमूल परिवर्तन गर्ने तयारीमा छ, अङ्ग्रेजीबाट पढाउन सक्दिन भनेर अब सुख पाइन्न ।” आफ्ना बालबालिका निजी विद्यालयमा पढाएर शिक्षा महँगो भन्नु हास्यास्पद भएको उनको धारणा थियो ।

मन्त्री बाँस्कोटाले शिक्षामा सुधारको पहिलो खुड्किलो भौतिक पूर्वाधार रहेको बताउँदै भने, “हामी पहिलो चरणमा सुविधासम्पन्न भवन बनाउने छौँ, त्यसपछि शिक्षामा गुणस्तर ल्याउनेछौँ ।” सामुदायिक विद्यालयका शिक्षकले सामुदायिक विद्यालयमै पढाउनुपर्ने नीति बनाउन छुट्टै कानून बनाउन लागिएको उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved