नेपाली विद्यार्थीका लागी अष्ट्रेलियामा नयाँ नियम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 12:17:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली विद्यार्थीको लागी अष्ट्रेलियाले नयाँ नियम ल्याएको छ । अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थीलाई मात्र लक्षित गरि पहिलो पल्ट नयाँ नियम जारी गरेको हो । 

अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीका लागी नयाँ नियम जारी गरेको छ । जारी नियम भने मे १ बाट लागू भएको जनाएको छ । अष्ट्रेलियाको गृहमन्त्रालयले जारी गरेको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्नमा आउने विद्यार्थीले आर्थिक क्षमताको सबै विवरण पेश गर्नुपर्नेछ । साथै अंग्रेजीमा पनि दक्ष रहेको प्रमाण पेश गर्नुपर्नेछ । यसअघि यो प्रावधानलाई अनिवार्य गरिएको थिएन ।

अष्ट्रेलियामा अध्ययनको लागी आउने विद्यार्थीको संख्यामा नेपाल तेस्रो देशमा रहेको सूचनामा उल्लेख छ । सूचना अनुसार विद्यार्थीको संख्या वृद्धिलाई दिगो र विद्यार्थीको भविष्यलाई सुरक्षित बनाउन यो नियम लागू गरिएको हो । यो नियम भने उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीको लागी मात्र लागू हुनेछ । 

हाल नेपाली विद्यार्थीहरु नर्सिङ, एकाउन्टिङ, बिजनेस लगाएतका प्राविधिक विषय अध्ययन गर्न अष्ट्रेलिया जाने गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved