पूर्व शिक्षामन्त्री धनीराम पौडेलको हृदयघातबाट निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 06:42:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ। आज विहान पौने सात बजे उनको हृदयघातका कारण निधन भएको हो।

चितवनको माडी बगौडास्थित निवासमा बसिरहेको अवस्थामा एक्कासी छातीमा असहज महसुस भएपछि अस्पताल लैजादै गर्दा बाटोमा निधन भएको परिवार स्रोतले जनाएको छ। अहिले उनको सब माडी अस्पतालमा राखिएको छ ।

पौडेललको निधन भएपछि अहिले चितवनको माडी स्थित निवासमा उनका आफन्त तथा पार्टी कार्यकर्ताको भीड लागेको छ । उनको आजै दाहसंस्कार गर्ने कार्यक्रम रहेकोपारिवारिक स्रोतले जनाएको छ। उनी २०७३ साल भदौमा भदौमा काङ्ग्रेस-माओवादी (केन्द्र)को संयूक्त सरकारमा प्रचण्ड प्रधानमन्त्री रहदा शिक्षा मन्त्री भएका थिए।  


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved