एसइईको नतिजा चित्त बुझेन ? यसो गर्नुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 05:20:57 PM मा प्रकाशित

laxmi  sunrise bank

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष चैत १० गतेदेखि ३० गतेसम्म सञ्चालित परीक्षाको नतिजा बिहिबार प्रकाशित गरेको हो । 

एसईईको नतिजा टेलिफोन, मोबाइल एसएमएस र वेबसाइटबाट हेर्न सकिने छ । १६०० नम्बरमा फोन गरेपछि आवश्यक निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेर नतिजा थाहा पाउन सकिने छ । नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सक्नेछन् । यस्तै ३१००३, ३१००७, ३४९४९, ३५००१ नम्बरमा आफ्नो सिम्बल नम्बर एसएमएस पठाउँदा पनि नतिजा थाहा हुन्छ । एसएमएससँगै वेबसाइटबाट समेत नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ । 

आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले पुर्नयोग गर्नसक्ने व्यवस्था छ । विद्यार्थीले प्रतिविषय रु ५०० र आवश्यक विवरणसहित परीक्षा नियन्त्रण कार्यालय वा प्रदेश शिक्षा निर्देशनालय वा शिक्षा तथा समन्वय एकाइमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवदेन दिन सक्ने छन् । पुर्नयोगका लागि निवदेन कार्यालयको वेबसाइटबाट डाउनलोड गर्न सक्ने व्यवस्था गरेको छ ।

पूरक अर्थात् ग्रेडवृद्धि परीक्षाको हकमा भने सैद्धान्तिक विषयतर्फ बढीमा दुई विषयसम्म ‘सि’ वा ‘सि’भन्दा तल्लो ग्रेड प्राप्त गरेको वा परीक्षामा दुई विषयसम्म अनुपस्थिति भएको वा दुई विषयसम्म ग्रेड नखुलेको विषयमा परीक्षार्थीले पूरक अर्थात् ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved