माग पूरा नगरे गम्भीर परिणाम भोग्नु पर्ने अनेरास्वियूको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 07:54:56 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियू) ले पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीले बिद्यार्थीका माग पुरा गर्न आलटाल गरे  गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। अनेरास्ववियूका संयोजक ऐन महरले विद्यार्थीले राखेका माग र त्यो पूरा गराउन लागि दबाबको रूपमा गरिरहेको शान्तिपूर्ण आन्दोलनमा समर्थन रहेको जनाउँदै केहीदिनभित्रै समस्या समाधानमा गम्भीर बन्न आग्रह गरेका छन ।

असार ७ गतेदेखि पूर्वाञ्चाल विश्वविद्यालय अन्तर्गतका सबै इन्जिनियरिङ कलेजका बिद्यार्थीले प्रशासनमा ताला लगाएर आन्दोलन जारी राखेका छन ।

उनीहरूले विगतको सहमति कार्यान्वयन हुनुपर्ने, शैक्षिक क्यालेण्डर तयार गरी लागू गर्नुपर्ने, त्रिविमा जस्तै मौका परीक्षाको अवसर दिनुपर्ने, स्ववियु काउन्सिल गठन हुनुपर्ने र अनुगमन र निरीक्षणका लागि कम्तिमा काठमाडौँमा विश्वविदलयको सम्पर्का कार्यालय स्थापना गर्नुपर्ने लगायतको माग गरेको अनेरास्ववियू हिस्ट कलेज बानेश्वर क्याम्पस कमिटीका अध्यक्ष अनिल अधिकारीले बताए। 

कलेजले पैसामात्र असुल्ने नीति अख्तियार गरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन। अझै विद्यार्थी पटक पटक फेल गराएर शुल्क असुल्नमात्र कलेज र विश्वबिद्यालयको काम भएको उनीहरुले आरोप लगाएका छन । उनीहरूले चारवटा कोठा भाडा लिएर बसेको संस्थाहरूलाइ समेत कलेज सञ्चालनको अनुमति दिएको दिएकाले बजारमा पूर्वाञ्चल विश्वबिद्यालयको बारेमा गलत सन्देश गएको बताए । 

उनीहरूले कलेजहरूलाइ सम्बन्धनमात्र दिएर नपुग्ने भन्दै तिनीहरूको अनुगमन गर्नुपर्ने बताए । अनेरास्विवयु पूर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला कमिटीका सचिव सरोज पाण्डेले विद्यार्थीहरूको १० हजारबढी हस्ताक्षरसहित शिक्षामन्त्री गिरीराजमणि पोखरेलको ध्यानाकर्षण गराउने तयारी भएको बताए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved