बेलायतमा बिदेशी बिद्यार्थीलाई नयाँ नियम, नेपालीलाई पनि राहत !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 01:27:52 PM मा प्रकाशित

laxmi sunrise bank

बेलायतले विदेशी विद्यार्थीको लागि नयाँ नियम लागू गर्ने भएको छ। बेलायतले आफ्नो शिक्षा पूरा गरेका बिदेशी विद्यार्थीलाई थप दुई वर्षसम्म त्यहि बस्न सक्ने नयाँ प्रस्ताव अघि सारेकोे अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन।

पछिल्लो प्रस्तावले सन् २०१२मा तत्कालीन गृहमन्त्री टेरेसा मेले विदेशी विद्यार्थीलाई पढाइ सकेको ४ महिना भित्रमा स्वदेश फर्किनुपर्ने नियमलाई उल्ट्याउने देखिएको छ। उक्त प्रस्ताव स्वीकृत भएको अवस्थामा नेपाल लगायतका बिदेशी बिद्यार्थीलाई अध्ययन पश्चात रोजगारीको अवसर मिल्ने बिश्वास गरिएको छ।  

प्रधानमन्त्री बोरिस जोहन्सनले नयाँ नियमले बेलायतमा रहने विदेशी विद्यार्थीलाई बेलायतमा नयाँ करियरको मौका दिने बिश्वास व्यक्त गरेका छन। गएको वर्षमा बेलायतमा ४ लाख ५० हजार विदेशी विद्यार्थी रहेका थिए । बेलायतका प्रधानमन्त्री जोहन्सनले ‘ब्राइटेस्ट एण्ड बेस्ट’ लाई बेलायतमा मौका दिने उद्देश्यले नयाँ नीति ल्याइएको जनाएका छन् । बेलायतको गृह मन्त्रालयले यो नयाँ प्रस्ताव ल्याएको बिबिसीले जनाएको छ। 

सन २०२१ देखी ब्याचलर, मास्टर र पीएचडीका कोर्षमा आबद्द हुनेहरुको लागि आफ्नो अध्ययन पुरा गरेपछि थप दुई बर्ष बेलायता बस्न पाउने व्यवस्थाको प्रस्ताव गरिएको छ। 

युरोपियन युनियनको कानुनअनुसार बेलायत र ईयुका बिद्यार्थीलाई प्रति बर्ष ९ हजार २५० युरो फी तोकिएको छ तर अन्तराष्ट्रिय बिद्यार्थीको लागि के कति लिन पाउने भन्ने बारे कुनै 'क्याप' तोकिएको छैन। बिदेशी बिद्यार्थीबाट प्राप्त आम्दानी बेलायतको आम्दानीका प्रमुख स्रोत मध्ये एक मानिन्छ। 

अहिले बेलायतमा करिब ४ लाख ६० हजार बिदेशी बिद्यार्थी रहेको र त्यसबाट बार्षिक २० बिलियन युरो आम्दानी हुने एक अध्ययनले देखाएको छ। त्यस्तै अध्ययनले बेलायत तथा युरोपियन बिद्यार्थी भन्दा बिदेशी बिद्यार्थीले ५० प्रतिशत बढी आम्दानी गर्ने गरेको देखाएको छ।     

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved