तरकारीवालीलाई डिग्रीसम्म पढ्न मेगा कलेजको छात्रवृत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 10:44:08 AM मा प्रकाशित

laxmi sunrise bank

तरकारीवालीको नामले चिनिएकी कुशुम श्रेष्ठले ब्याच्लरदेखि डिग्रीसम्म नि:शुल्क पढ्न पाउने भएकी छिन्। उनलाई काठमाडौंको बबरमहल स्थित नेपाल मेगा कलेले ब्याचलर र डिग्रीसम्मको शिक्षा नि:शुल्क प्रदान गर्ने भएको छ।

१२ कक्षा पढ्नलाई फिल्म 'लम्फू' का निर्माता शक्तिबल्दभ घोरासैनी (पपुलर मल्टिमीडिया प्रा.ली.) बाट छात्रवृति पाएकी उनलाई अहिले मेगा कलेजले डिग्री सम्मको अध्ययनलाई छात्रवृति प्रदान गरेको हो। बि.बि.एस. अध्ययन गर्न उनी आइतबार मेगा कलेजमा पुगेर भर्ना भएकी छन।

उनले आफूले चितवनमा हुँदै मेगा कलेज रोजिसकेको भन्दै सोही अनुसार काठमाडौँमा आएर भर्ना भएको बताएकी छिन् । नेपालको उत्कृष्ट  कलेजमा पर्ने भएकाले आफूले मेगा कलेज रोजेको श्रेष्ठले बिजपाटीलाई बताइन। 

सम्झौताअनुसार कुशुमले अब बाँकी अध्ययन मेगा कलेजमा गर्ने भएकी छिन्। तरकारीवाली कुशुमलाई कलेजका अध्यक्षसहित शिक्षकहरुले स्वागत गर्दै कलेजको भम्रण गराएका छन् । कुशुमले मेगा कलेजमा अध्ययन गर्न पाउँदा अत्यन्त खुसी भएको बताइन् । उनले भनिन्, 'अहिले मेरो प्राथमिकता भनेकै अध्ययन हो, राम्रो कलेजमा पढ्न पाउँदैछु । उच्च शिक्षा प्राप्त गर्न निरन्तर मेहनत गर्नेछु ।'

डिग्रीसम्मको अध्ययन नि:शुल्क गर्न सहयोग गरेकोमा कलेज व्यवस्थापनलाई फिल्म 'लम्फू' का निर्देशक गोपालचन्द्र लामिछाने र अभिनेता सञ्जित भण्डारीले धन्यबाद व्यक्त गरेका छन। 'कुशुमको तश्बिर भाइरल भएपछि हामीले उनलाई अध्ययनमा सहयोग गर्ने जुन वाचा गरेका थियौं अब त्यो पूरा गरेका छौं, हामीले अब मेगा कलेजलाई कुशुमको बाँकी अध्ययनको अभिभारा सुम्पिएका छौं' फिल्मका निर्माता शक्तिबल्दभ घोरासैनीले भने।      

चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेको तश्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि कुशुम चर्चामा आएकी थिइन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved